बंगलादेश विरुद्ध खेल्ने नेपाली टोली घोषणा (नामसहित)
काठमाडाैं | असोज ६, २०७९
काठमाडौं: बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपी टोलीको कप्तान भने घोषणा गरिएको छैन ।
नेपालले आगामी असोज ११ गते बंगलादेशसँग काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
यस्तो छ, नेपाली टिम:
फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी
मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट
डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल
गोलकिपरः किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

